२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

निर्वाचनको रणनीति बनाउँदै गोरखा काँग्रेस

२०७३, २२ चैत्र मंगलवार ११:२०

चैत २२, गोरखा । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले रणनीति बनाएको छ । 

कार्यबाहक जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले न्यौपानेको संयोजकत्वमा जिल्लास्थित निर्वाचन परिचालन समिति गठन गरेको छ । 

यस्तै, नेताहरु वेदप्रसाद काप्री, प्रेम खत्री, इमानसिं बस्नेत र जनार्दन अर्याल रहेको आर्थिक उपसमिति गठन भएको छ । काँग्रेसका नीति तथा कार्यक्रमबारेको घोषणापत्र तयार गर्न विश्वदेव श्रेष्ठको संयोजकत्वमा जिल्लास्तरीय घोषणा पत्र तयारी समिति गठन भएको छ । समितिमा आवश्यकता अनुसार सदस्यहरु पछि थप गर्ने काँग्रेसले जनाएको छ । 

निर्वाचनका लागि प्रचार समिति पनि गठन गरिएको छ । जिल्ला सदस्य नारायण लामिछाने नेतृत्वमा गठन भएको समितिमा बलराम खड्का र ललिता अधिकारी सदस्य छन् । बैठकले भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणमा अनुदान दिन ढिलाइ भइरहेको भन्दै छिटो अनुदान रकम दिन आग्रह गरेको छ । 

यस्तै, निजी अनुदान पाउनबाट वञ्चित रहेका, छुटेका वास्तविक भूकम्पपीडितलाई अनुदान दिने प्रक्रिया छिटो सुरु गर्न सरोकारवाला निकायलाई काँग्रेसले आग्रह गरेको कार्यबाहक सभापति न्यौपानेले जानकारी दिनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई उचित मुआब्जा दिन र पुनर्वासको टुङ्गो लगाउन काँग्रेसले आग्रह गरेको छ । 

आउँदो वैशाख ७ गते गोरखा, पालुङटार नगरपालिका र नौ गाउँपालिकासहित वडाहरुमा उम्मेदवार चयन गरिसक्ने काँग्रेसले जनाएको छ । वडा कार्यसमितिले छानेका उम्मेदवार क्षेत्र पठाउने र क्षेत्रीय कार्यसमितिले उपलब्ध गराएका उम्मेदवारको सूची जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउने तयारी कांग्रेसको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते