चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदवादी सबै पार्टी एउटै ड्याङको मुला: विश्व

२४ चैत्र २०७३, बिहीबार ११:४०


चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 

अहिले स्थानिय तहको चुनावको नौटंकीबाट अहिलेका दलहरुले मरेको पुरानो सत्ता व्युझाउन लागेको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गरेका छन । पार्टीले आजदेखि उद्घाटन गरेको एकिकृत जनजागरण तथा प्रतिरोध अभियानको उद्घाटनका क्रममा सल्यान खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको राप्ती व्यूरो सदस्य समेत रहेका उनले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सबै एकैखालका भएको बताएका छन । 

झनै ठुला ३ दलमा कुनैपनि फरक नभएको भन्दै उनले सबैलाई एउटै ड्याङमा उम्रिएका मुलाको संज्ञा दिएका थिए । प्रचण्डको माओवादी केन्द्रले जनयुद्धमा संसदिय प्रक्रियामा सहभागी दलका गरिव उम्मेद्वारलाई मारेर अहिले त्यहि संसदिय चुनावमा सहभागि हुनु लाजमर्दो मात्रै हैन कानुनको पनि उपहास भएको आरोप लगाउदै उनले अवको आफ्नो एकिकृत क्रान्तिले दलाल, तस्कर र भ्रष्टलाई तह लगाउने बताएका छन । 


त्यस्तै पार्टीका जिल्ला सेक्रेटरी लोकपाल केसीले जुन मुद्दा लिएर जनयुद्ध थालिएको हो ति मुद्दालाई पुरा नगरी प्रचण्डले आत्मसमर्पण र बाबुरामले विसर्जन गरेको भन्दै दुवै गद्धार भएकाले उनिहरु समाजका कलंक भएको आरोप लगाएका छन । नेपाली जनतालाई जनताको सत्ता प्राप्त नहुदासम्म शान्ती नहुने भन्दै उनले कसैले बन्दुकको बलमा शाषण लाद्न खोजे त्यसले देशमा राम्रो नहुने बताएका छन । 

कम्युनिष्ट पार्टीले राप्तीका सबै जिल्लामा ३ महिनाका लागि एकिकृत जनजागरण तथा प्रतिरोध अभियान शुरु गरेको छ । आजबाट शुरु भएको अभियान असार ५ सम्म चल्ने पार्टीले जनाएको थियो । सल्यानमा खलंगाको टुडिखेलबाट शुरु भएको नारा जुलुश सहितको ¥याली बजार परिक्रमा पछि बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य