चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 

2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदवादी सबै पार्टी एउटै ड्याङको मुला: विश्व


चैत २४, सल्यान । नेपाल कम्यूनिष्ट पार्टी सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले संसदिय प्रक्रियामा हुने कुनैपनि चुनाव खारेज हुने बताएका छन । 

अहिले स्थानिय तहको चुनावको नौटंकीबाट अहिलेका दलहरुले मरेको पुरानो सत्ता व्युझाउन लागेको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गरेका छन । पार्टीले आजदेखि उद्घाटन गरेको एकिकृत जनजागरण तथा प्रतिरोध अभियानको उद्घाटनका क्रममा सल्यान खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको राप्ती व्यूरो सदस्य समेत रहेका उनले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सबै एकैखालका भएको बताएका छन । 

झनै ठुला ३ दलमा कुनैपनि फरक नभएको भन्दै उनले सबैलाई एउटै ड्याङमा उम्रिएका मुलाको संज्ञा दिएका थिए । प्रचण्डको माओवादी केन्द्रले जनयुद्धमा संसदिय प्रक्रियामा सहभागी दलका गरिव उम्मेद्वारलाई मारेर अहिले त्यहि संसदिय चुनावमा सहभागि हुनु लाजमर्दो मात्रै हैन कानुनको पनि उपहास भएको आरोप लगाउदै उनले अवको आफ्नो एकिकृत क्रान्तिले दलाल, तस्कर र भ्रष्टलाई तह लगाउने बताएका छन । 

त्यस्तै पार्टीका जिल्ला सेक्रेटरी लोकपाल केसीले जुन मुद्दा लिएर जनयुद्ध थालिएको हो ति मुद्दालाई पुरा नगरी प्रचण्डले आत्मसमर्पण र बाबुरामले विसर्जन गरेको भन्दै दुवै गद्धार भएकाले उनिहरु समाजका कलंक भएको आरोप लगाएका छन । नेपाली जनतालाई जनताको सत्ता प्राप्त नहुदासम्म शान्ती नहुने भन्दै उनले कसैले बन्दुकको बलमा शाषण लाद्न खोजे त्यसले देशमा राम्रो नहुने बताएका छन । 

कम्युनिष्ट पार्टीले राप्तीका सबै जिल्लामा ३ महिनाका लागि एकिकृत जनजागरण तथा प्रतिरोध अभियान शुरु गरेको छ । आजबाट शुरु भएको अभियान असार ५ सम्म चल्ने पार्टीले जनाएको थियो । सल्यानमा खलंगाको टुडिखेलबाट शुरु भएको नारा जुलुश सहितको ¥याली बजार परिक्रमा पछि बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग