चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सड"/>

2026-09-08 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहरा फुटाउन सेनाद्वारा मनास्लु पदमार्ग अवरुद्ध


चैत २५, गोरखा । मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् । 

बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत सोती–लापु बेँसीखण्डमा पर्ने पहरा फुटाउन सेनाले विस्फोटनको तयारी गरेपछि पदमार्गमा हिँडडुल गर्न रोक लगाइएको हो । लापुभीरको बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाका विभिन्न गाउँ जान मान्वु हुँदै आवागमन गर्नुपर्ने भएको छ । 

सेनाले पदमार्गको विकल्पमा अर्को बाटो नदेखाइ सडकको ट्र्याक खन्न भिरको पहरा फुटाउन विस्फोटनको तयारी गरेकाले मानिस तथा सामग्री बोक्ने खच्चड आवागमनमा गत सोमबारदेखि बन्द गरेकाले स्थानीयवासी रुष्ट भएकाछन् । 

सडक निर्माण कार्यदलका संयोजक नेपाली सेनाका निशान्त क्षेत्रीले एकपाइले भिरको पहरो फुटाउन विस्फोटनको तयारी गर्दै आएको बताउनुभयो । 

उत्तरी भेगमा सडक सुविधा पुगेको छैन । दिनहुँ एक हजार ५०० वटा खच्चडले चुम तथा न्रुवीमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । मनास्लु पदमार्गको विकल्पमा मान्वु हुँदै आवागमन गर्ने बाटो साँघुरो हुँदा पदयात्रा र खच्चड हिँडाउन समस्या भएको स्थानीय हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । 

मनास्लु पदमार्ग भएर उत्तरी भेगका १४ वटा गाउँ पुग्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अवरुद्ध पदमार्गको विकल्पमा मान्वुको बाटो सञ्चालन गरिएको भन्दै खच्चड हिँड्न सक्ने गरी बाटो र पुल फराकिलो बनाउन प्राविधिक अध्ययन भइरहेको जानकारी दिनुभयो । 

मनास्लु पदमार्ग आसपास हुँदै उत्तरी भेगसम्म पुग्ने सडकको नयाँ ट्र्याक खन्ने काम नेपाली सेनाले अघि बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम