Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा खगेन्द्र जिसी नियुक्त

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने  पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ ।

एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट आजैबाट लागु हुने गरि अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ ।

परारष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो । मन्त्रलायले आफुलाई सल्लाहकारमा नियुक्त गरेपछि खुशी ब्यक्त गर्दै जिसीले नेपाल सरकार, परारष्ट्र मन्त्री, मन्त्रालय, सचिव, लागयत सबैमा हार्दिक आभार ब्यक्त गर्नुभएको छ । जिसीले आफुले एनआरएनको बर्तमान नेतृत्व लगाएत सबै क्षेत्रका बिज्ञहरुलाई साथमा लिएर सरकारलाई उचित परामर्श दिने बताउनुभएको छ ।

अमेरिकामा रहेर तिन दशक भन्दा लामो समय कानुनी पेशामा सकृय रहनुका साथै समाजसेवामा समेत लागेका  जिसी अमेरिकाको सुपर लयर समेत हुनुहुन्छ । जिसीको नियुक्तसंगै अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । जिसीको नियुक्तीको खबरलाई अत्यन्तै हर्षित बनाएको बन्दै जनसपम्र्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले उंहाको नियुक्तीले गैर आवासीय नेपालीको अधिकार नयां सबिंधानमा थप सुरक्षित हुने बिश्वास ब्यक्त गरेका छन् ।