2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा ६५ विद्यालय पुनःनिर्माण

बैशाख ४, गोरखा । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ । 

तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही विद्यालयका विद्यार्थीले टहरोबाटै शिक्षा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो । 

सरकार, दातृ निकाय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५१ वटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । जिशिअ सुवेदीले भन्नुभयो – “विद्यालय पुनःनिर्माणका लागि स्रोत खोजिरहेका छाँै । ७५ वटा विद्यालय पुनःनिर्माणमा हालै स्रोत जुटेको छ ।” प्राथमिक तहका विद्यालयहरु पुनःनिर्माणमा स्रोत जुटाउन धौ–धौ परेको सुवेदीले दुखेसो गर्नुभयो । 

सुवेदीले भन्नुभयो – “१४४ वटा विद्यालय पुनःनिर्माण गर्न स्रोतको अभाव छ । दाताको खोजी गरे पनि भेटाइएन । अब सरकारी तवरबाटै ती विद्यालय बनाउनुपर्छ ।” गोरखामा १११ माध्यमिक र ६३ निमावि तहका विद्यालय छन् । शिक्षक सङ्ख्याभन्दा पनि कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ । 

भूकम्पपछि ५९ वटा विद्यालय नजिकका अर्को विद्यालयमा समायोजन गरिएको हो । जापानी सहयोग नियोगले २८ वटा, भारतीय दूतावासले ३५ वटा, चिनियाँ दूतावासले एउटा विद्यालय पुनःनिर्माण गरिदिने प्रतिबद्धता जनाएअनुसार काम सुरु गरेका छन् । 

शिक्षा विभागको सहयोगमा ३५२ वटा कोठा निर्माण गर्ने तयारी शिक्षा कार्यालयको छ । आउँदो शैक्षिकसत्रदेखि विद्यार्थी भूकम्प प्रतिरोधी विद्यालय भवनमा बसेर पठनपाठन गर्न पाउने सुवेदीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता