2026-10-26 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समृद्धिको पर्खाइमा सल्यानको ढोरचौर गाउँपालिका

शंकर के सी/बैशाख २४, सल्यान । धान, मकै, गहुं, जौं, कोदो लगाएतका अन्नवालि राम्रो संग उब्जने सल्यानको ढोरचौर गाउंपालिका समृद्धिको पर्खाइमा रहेको छ । यहां सुन्तला खेती पनि हुने गर्दछ भने माथील्लो भेगमा स्याउ खेती पनि हुने गरेको छ । साथै यस गाउंपालिकामा बाख्रापालन, तरकारि खेती व्यवशाय पनि किसानहरुले अंगालेका छन् ।

१३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउंपालिकामा ७ हजार भन्दा धेरै मतदाताहरु रहेका छन् । साविकको बांझकाडा, सिद्धेश्वरि र चांदेकरेञ्जी गाविसलाइ मिलाएर ढोरचौर गाउंपालिका बनाइएको हो ।

यस गाउंपालिकामा ५ वडा रहेका छन् । ढोरचौर गाउंपालिकामो पूर्वमा वागचौर गापा, पश्चिममा वन्गाडकुपिण्डे नपा, उत्तरमा कुमाखमालिका गापा र दक्षिणका शारदा नपा पर्दछन् । यहां धेरैले हिन्दु धर्म अंगालेका छन्  भने पछिल्लो समय कतिपयले इशाइ धर्म मान्ने गरेको पाइन्छ । यस गाउंपालिकामा पनि स्थानीय तहको चुनावमा मुख्य तीन दलका विचमा प्रतिष्पर्धा हुंदैछ । रोचक त के छ भने यस पालिकामा तीन वटै दलका उम्मेद्धार चलाउने थरका रहेका छन् । र उनीहरु नातेदार पनि हुन् ।

काग्रेसको तर्फबाट नरविर चलाउने

ढोरचौर गाउंपालिकामा स्थानीय तहको निर्वाचनमा नरविर चलाउने काग्रेसको तर्फबाट अध्यक्ष पदमा लड्दै छन् । मुख्य प्रतिष्पर्धी दल एमाले र माओवादी केन्द्रलाइ पछि पार्दै अध्यक्षमा जित्ने उनको दाउ छ । यसका लागी उनले ढोरचौर गाउंपालिकाको विकासका लागी प्रतिवद्धता पनि जनाएका छन् ।

खासगरि ढोरचौर गाउंपालिकालाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, भौतीक पूर्वाधारहरुको विकास गर्नमा आफु लागी पर्ने उनको प्रतिवद्धता छ । यस्तै ढोरचौरमा हुने गरेको तरकारि खेती र पशुपालनलाइ व्यवस्थीत, व्यवशायीक बनाउने, हरेक वडामा मुख्य रुपमा विजुली बत्ती र स्तरिय मोटरबाटो पु¥याउने चलाउनेको प्रतिवद्धता छ ।

 एमालेको तर्फबाट चित्र बहादुर चलाउने

नेकपा एमालेको तर्फबाट ढोरचौर गाउंपालिकामा अध्यक्ष पदमा चुनाव लड्न लागेका चित्र बहादुर चलाउनेले पनि यस गाउंपालिकामा आफ्नो जित शुनिश्चीत रहेको जनाए ।

कृषि, पर्यटनको अत्यन्तै सम्भावना बोकेको ढोरचौर गाउंपालिकाको समृद्धिका लागी गुरु योजना बनाएरै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । खास गरि दलित तथा पछाडी पारिएका समुदाय, व्यक्तिलाइ माथी उठाउन विभिन्न कार्यक्रम चलाउने, ज्येष्ट नागरिक, एकल महिला लाइ विशेष सम्मान पुग्ने कार्यक्रम र भत्ताको सुविधालाइ बृद्धि गर्ने चित्र बहादुरले प्रतिवद्धता जनाएका छन् ।

कृषिलाइ आधुकिकिकरणका लागी त्यस अनुसारको कार्यक्रम नै लागु गरेर पकेट क्षेत्र घोषणा गरि जुन क्षेत्रमा जुन उत्पादन हुन्छ त्यसको उत्पादनमा बृद्धि ल्याउन किसानलाइ हरेक सहयोग गरिने उनले प्रतिवद्धता जनाएका छन् । साथै सफा ढोरचौर, सबैलाइ सफा खानेपानी, विजुलि, स्तरिय मोटरबाटो, गुणस्तरिय शिक्षाको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाएका छन् ।

 माओवादी केन्द्रको तर्फबाट नरविर चलाउने

स्थानीय तहको निर्वाचन २०७४ मा माओवादी केन्द्रले पनि काग्रेसको झै एकै नाम गरेका नरविर चलाउनेलाइ ढोरचौर गाउंपालिकाको अध्यक्ष पदमा उम्मेद्धार बनाएको छ । उसो त काग्रेस, एमाले, माओवादी तीनै दलका उम्मेद्धार चलाउने थरका छन् । र साइनोले यी तीनै जना नजीकका पर्छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लड्न लागेका नरविरले गाउंपालिकालाइ विकसित बनाउन थुप्रै प्रतिवद्धताहरु जनाएका छन् ।

कृषिलाई आधुनिकीकरण र व्वसायीकरण,व्यवसायीक तालिम दिई रोगारी सृजना गर्ने, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकाम तथा छिमेकी गाविस र नगरपालिका जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्ति गर्ने चलाउनेले प्रतिवद्धता जनाएका छन् ।

यस्तै गा.पा. भित्र प्रत्येक वडा तथा टोल मा जोड्ने हरित कृषि सडक निर्माण गर्ने तथा यस गाउपालिकामा ६ बर्ष भित्र प्रत्येक घरघरमा बिधुत पुर्याउने उनको प्रतिवद्धता छ ।

१२ कक्षा सम्म निशुल्क तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने, गाउंपालिकामा १५ शैयाको अस्पताल निर्माण तथा प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरि नागरिकलाइ निःशुल्क उपचार सेवा दिने र कुमाख क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउन कुमाख केवुलकार, भ्युटावर निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने