२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समृद्धिको पर्खाइमा सल्यानको ढोरचौर गाउँपालिका

२०७४, २४ बैशाख आईतवार ०७:००

शंकर के सी/बैशाख २४, सल्यान । धान, मकै, गहुं, जौं, कोदो लगाएतका अन्नवालि राम्रो संग उब्जने सल्यानको ढोरचौर गाउंपालिका समृद्धिको पर्खाइमा रहेको छ । यहां सुन्तला खेती पनि हुने गर्दछ भने माथील्लो भेगमा स्याउ खेती पनि हुने गरेको छ । साथै यस गाउंपालिकामा बाख्रापालन, तरकारि खेती व्यवशाय पनि किसानहरुले अंगालेका छन् ।

१३ हजार ५ सय ९३ जनसंख्या रहेको ढोरचौर गाउंपालिकामा ७ हजार भन्दा धेरै मतदाताहरु रहेका छन् । साविकको बांझकाडा, सिद्धेश्वरि र चांदेकरेञ्जी गाविसलाइ मिलाएर ढोरचौर गाउंपालिका बनाइएको हो ।

यस गाउंपालिकामा ५ वडा रहेका छन् । ढोरचौर गाउंपालिकामो पूर्वमा वागचौर गापा, पश्चिममा वन्गाडकुपिण्डे नपा, उत्तरमा कुमाखमालिका गापा र दक्षिणका शारदा नपा पर्दछन् । यहां धेरैले हिन्दु धर्म अंगालेका छन्  भने पछिल्लो समय कतिपयले इशाइ धर्म मान्ने गरेको पाइन्छ । यस गाउंपालिकामा पनि स्थानीय तहको चुनावमा मुख्य तीन दलका विचमा प्रतिष्पर्धा हुंदैछ । रोचक त के छ भने यस पालिकामा तीन वटै दलका उम्मेद्धार चलाउने थरका रहेका छन् । र उनीहरु नातेदार पनि हुन् ।

काग्रेसको तर्फबाट नरविर चलाउने

ढोरचौर गाउंपालिकामा स्थानीय तहको निर्वाचनमा नरविर चलाउने काग्रेसको तर्फबाट अध्यक्ष पदमा लड्दै छन् । मुख्य प्रतिष्पर्धी दल एमाले र माओवादी केन्द्रलाइ पछि पार्दै अध्यक्षमा जित्ने उनको दाउ छ । यसका लागी उनले ढोरचौर गाउंपालिकाको विकासका लागी प्रतिवद्धता पनि जनाएका छन् ।

खासगरि ढोरचौर गाउंपालिकालाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, भौतीक पूर्वाधारहरुको विकास गर्नमा आफु लागी पर्ने उनको प्रतिवद्धता छ । यस्तै ढोरचौरमा हुने गरेको तरकारि खेती र पशुपालनलाइ व्यवस्थीत, व्यवशायीक बनाउने, हरेक वडामा मुख्य रुपमा विजुली बत्ती र स्तरिय मोटरबाटो पु¥याउने चलाउनेको प्रतिवद्धता छ ।

 एमालेको तर्फबाट चित्र बहादुर चलाउने

नेकपा एमालेको तर्फबाट ढोरचौर गाउंपालिकामा अध्यक्ष पदमा चुनाव लड्न लागेका चित्र बहादुर चलाउनेले पनि यस गाउंपालिकामा आफ्नो जित शुनिश्चीत रहेको जनाए ।

कृषि, पर्यटनको अत्यन्तै सम्भावना बोकेको ढोरचौर गाउंपालिकाको समृद्धिका लागी गुरु योजना बनाएरै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । खास गरि दलित तथा पछाडी पारिएका समुदाय, व्यक्तिलाइ माथी उठाउन विभिन्न कार्यक्रम चलाउने, ज्येष्ट नागरिक, एकल महिला लाइ विशेष सम्मान पुग्ने कार्यक्रम र भत्ताको सुविधालाइ बृद्धि गर्ने चित्र बहादुरले प्रतिवद्धता जनाएका छन् ।

कृषिलाइ आधुकिकिकरणका लागी त्यस अनुसारको कार्यक्रम नै लागु गरेर पकेट क्षेत्र घोषणा गरि जुन क्षेत्रमा जुन उत्पादन हुन्छ त्यसको उत्पादनमा बृद्धि ल्याउन किसानलाइ हरेक सहयोग गरिने उनले प्रतिवद्धता जनाएका छन् । साथै सफा ढोरचौर, सबैलाइ सफा खानेपानी, विजुलि, स्तरिय मोटरबाटो, गुणस्तरिय शिक्षाको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाएका छन् ।

 माओवादी केन्द्रको तर्फबाट नरविर चलाउने

स्थानीय तहको निर्वाचन २०७४ मा माओवादी केन्द्रले पनि काग्रेसको झै एकै नाम गरेका नरविर चलाउनेलाइ ढोरचौर गाउंपालिकाको अध्यक्ष पदमा उम्मेद्धार बनाएको छ । उसो त काग्रेस, एमाले, माओवादी तीनै दलका उम्मेद्धार चलाउने थरका छन् । र साइनोले यी तीनै जना नजीकका पर्छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदमा चुनाव लड्न लागेका नरविरले गाउंपालिकालाइ विकसित बनाउन थुप्रै प्रतिवद्धताहरु जनाएका छन् ।

कृषिलाई आधुनिकीकरण र व्वसायीकरण,व्यवसायीक तालिम दिई रोगारी सृजना गर्ने, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकाम तथा छिमेकी गाविस र नगरपालिका जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्ति गर्ने चलाउनेले प्रतिवद्धता जनाएका छन् ।

यस्तै गा.पा. भित्र प्रत्येक वडा तथा टोल मा जोड्ने हरित कृषि सडक निर्माण गर्ने तथा यस गाउपालिकामा ६ बर्ष भित्र प्रत्येक घरघरमा बिधुत पुर्याउने उनको प्रतिवद्धता छ ।

१२ कक्षा सम्म निशुल्क तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने, गाउंपालिकामा १५ शैयाको अस्पताल निर्माण तथा प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरि नागरिकलाइ निःशुल्क उपचार सेवा दिने र कुमाख क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउन कुमाख केवुलकार, भ्युटावर निर्माण गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ