बैशाख २६, सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ । 

गृह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ । 

गृह"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल र भारत सरकारको सम्झौताबाट बल्ब खरिद हुन्छ’

२०७४, २६ बैशाख मंगलवार ०६:५२

बैशाख २६, सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ । 

गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन भन्नुभयो । 

उहाँले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन दिनुभयो । 

अर्काे प्रसङ्गमा उहाँले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिनुभयो । “सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको छ, मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको हो”, मन्त्री शर्माले भन्नुभयो । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गर्नुभयो । “स्थानीय तहको चुनावमा सबै संयमित बनाँै, कसैैले पनि प्रतिशोध र तडकभडक नगरौं, सबै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास गरौँ”, मन्त्री शर्माले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै