जेठ १, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मतगणना भइरहेको छ ।
कांग्रेस र एमालेको तालमेल रहेको दार्मा गाउँपालिकामा अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्र अगाडि रहेको छ । सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा निमबहादुर केसीले २०२ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार रामचन्द्र केसीले ९८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादीतर्फका उम्मेद्वार टीका शर्मा ओलीले २०२ र एमालेका उम्मेदवार दलबहादुर केसीले ६३ मत ल्याएका छन् ।