पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी, जेठ ३ सल्यान

सल्यानको बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेका हुन ।

त्यस्तै उप मेयरमा पनि माओवादीकै कल्पना पुन ५२१५ मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ओकादेवी खत्री लाई १६२५ मतले हराउदै पुन विजय बनेकी हुन ।

आज सबै वडाको मत गनणा सकिएपछि विजयको टुङगो लागेको हो । बागचौर नगरपालीकामा अहिले १२ ओटा वडा रहेका छन् । १२ ओटा ओडा मध्यबाट ८ ओटा माओवादीले, २ओटा काँग्रेसले ले र २ ओटा वडा एमाले ले जितेको छ ।