2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानको तीन गाउँपालिका र ५७ वडाको नतिजा सार्वजनिक

जेठ ३, सल्यान | सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । 

यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ । दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी हुनुभएको छ । 

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा ९एमाले०का शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी हुनु भएको छ । वडा नं। ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी हुनुभएको छ । 

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो