जेठ ६, अमेरिका | गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ |

उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ |

मदरल्याण्ड नेपालले बुद्ध नेपालमा जन्मेका हुन | उनको पबित्र जन्मस्थल लुम्बिनी आज पनि उत्तिकै आकर्षक तिर्थस्थल हो भन्ने जानकारी गराएको छ | अंग्रेजीका धुरन्धर योगी पुर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए | कार्यक्रममा सबै देशहरुका प्रतीनिधिहरु सँग छलफल, भेटघाट गरी नेपाल एउटा बिश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले जानकारी गराएका थिए |

उक्त उत्सवमा मादल ,मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने, झल्काउने प्रचार प्रसार सामग्री तुल ,बुद्धका केहि मुर्तीहरु सजाई एको थियो | अमेरिकनहरु नेपाली सामानहरु हेर्न निकै उत्सुक देखिन्थे भने उनिहरु मध्धे कसैले माउण्ट एभरेष्ट, कसैले एक सिङ्गे गैडा, नेपालमा पाईने थुप्रै प्रजातिका पुतली हरु, जंगल सफारी र र्याफ्टिङ (नौका बिहार ) तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए |

उक्त कार्यक्रममा संसार बाट करिव २५ राष्ट्रहरुको सहभागिता थियो र अन्त्यमा नेपाली प्रदर्शन र खाना मा सहयोग पुर्याउने पुराउने मदरल्याण्ड नेपाल का संचालक समितिका तारा खरेल र आमा खरेल लाई धन्यबाद दिएका छन् |