जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्स"/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेक्सासमा किराँत उभौली कार्यक्रम सम्पन्न

२०७४, १८ जेष्ठ बिहीबार ००:५३

जेठ १८, (डालस) टेक्सास | अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

किराँतहरुको केन्द्रिय संगठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना मे २६ देखि २८ सम्म चलेको सो कार्यक्रमको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो भने अन्तिम दिन सांस्कृतीक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।

अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतीनिधीहरुले आफ्नो राज्य संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रिय समीतीले आगामी बर्षको कार्ययोजना पेश गरेको किराँत कम्मूनीटि अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्वाले बताए ।“ आफ्नो कला, धर्म र संस्कृतीको संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचानलाइ सरकारि मान्यता दिलाउन हाम्रो प्रयास हो,”अध्यक्ष सुब्वाले भन्नुभयोे ।

“विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागी हेरक बर्षको उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।” प्रमुख अतिथि एवं किराँत धार्मिक प्रशिक्षक तथा तुम मांगसेवासा गुर मनप्रसाद थलगंले भन्नुभयो । किराँत धर्मका प्राज्ञ प्रा.डा. नरेश लावती र रणबहादुर सुब्वाले किराँत संस्कृति बारे उठेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा संस्थाले प्रत्येक बर्ष प्रदान गर्ने पत्रकारिता सम्मान पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरियो भने बरिष्ठ समाजसेवी सम्मान गणेश सुब्वालाइ प्रदान गरिएको थियो ।

उभौली र उधौली किराँत धर्मका दुइ ठुला पर्वहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै बर्षायाममा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । अमेरिकाका ४१ राज्यहरुमा किराँतहरुको बसोवास रहेको छ । कार्यक्रममा करिब १ हजार किराँत धर्माबलम्विहरुको सहभागीता रहेकोे ओहायो राज्यप्रमुख सनमान सावाँले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ