खकेन्द्र केसी/जेठ १८ सल्यान । नेकपा एमाले सल्यानले चुनावमा पार्टी बिरोधि गतिविधि गरेको भन्दै २ जना केन्द्रीय कमिटी सदस्य, २ जना प्रदेश कमिटी सदस्य र अन्य १६ जना जिल्ला कमिटी सदस्यहरुलाई लाई कारबाही गरेको छ ।
कारबाहि पर्नेहरुमा प्रदेश कमिटी सदस्य उदय बहादुर बोहोरा र सान्ता हमाल पनि परेका छन् । पार्टीकै नेता शहरी विकास विभाग सदस्य इन्द्र शर्मा, विज्ञान तथा प्रविधि विभाग सदस्य योवन प्रकास श्रेष्ठ पनि रहेका छन । उनिहरुलाई पार्टीको साधरण सदस्य समेत नहुने गरी कारबाहीका लागि केन्द्रमा पठाएको एमाले सल्यानले जनाएको छ ।
त्यस्तै बागी उमेदार भएर पार्टीलाई घात पुर्याएको भन्दै कारबाही पर्नेमा जिल्ला कमिटी सदस्यहरु सुसिला गिरी, ज्ञान प्रसाद शर्मा, कालो सार्कि, मोहन लाल कवर, जगत न्यौपाने, सन्तोस कुमार राई, जीवन सिंह ठकुरी रहेका छन् ।
पार्टी विरोधी काम गर्ने अन्य ९ जनालाई भने स्पष्टीकरणका लागि १५ दिनको समय दिएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले बताएका छन् । केही दिन अघि पार्टीको बसेको बैठकले सो कुराको निर्णय गरेर आज पत्रकार संमेलन गरेर जानकारी दिएको हो ।