जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 
२०८३, ९ बैशाख बुधबार
काठमाडौँ - KTM

मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

२०७४, २७ जेष्ठ शनिबार १०:१५

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 

उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन " राई ईश किङ" राजेश पायल राई जाने भएका हुन ।

मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिराय ) को अवसरमा मलक्का स्थित देवन हाङ तुह ओसन हलमा २५ जुलाईमा आयोजना गर्ने लागिएको आयोजक मिलनसार युवा कल्ब मलक्काका सदस्य प्रदीप राईले जानकारी दिएका छन ।

कार्यक्रममा " राई ईज किङ" सुपर स्टार गायक राजेश पायल राईको अलावा , लोक गायिका मिना लामा , मोडल तथा नृत्यङ्गना मल्लिका थोकर तामाङ र दिनेश काफ्ले हास्य कलाकार नेपालबाट आउने जनाईएको छ ।

यसका साथै मलेशियाको विभिन्न भागमा छरिएर रहेका नेपाली कलाकारहरु सरोज राई , श्री राई , अनुराग श्रेष्ठ , सुमन सन्जिद , केसब राना , बिजय राई , मान कुमार राई , सुमन मगर , मृग बहादुर बुढा , सबिन कुलुङ , अनुज राई , हस्त राई , पत्न राई तथा लोक गायिका बसन्ती थापा मगर ले साङगित प्रस्तुती दिनेछन ।

यसैगरी नृत्यमा प्रतीक्षा राई , सुनिमा तामाङ , खुसी मगर , मेगा मगर र हिरा / शर्मिलाको प्रस्तुति पस्कनेछन । मलेशियामा रहेको कलाकारहरुलाई कार्यक्रम संचालन बिनोद लामा र बिजय राईले गर्नेछन भने राष्ट्रिय नेपालबाट गएको कलाकारले स्वयं प्रस्तुति पस्कने कार्यक्रम आयोजना कल्बका सदस्य प्रदिप राईले बताए ।

कार्यक्रम मकालु साङ्गितिक सरगमले मलेशियामा पहिलो पटक आयोजना गरेको भए पनि कार्यक्रम मनोरञ्जन मुलक रहनेछ । २५ जुलाईमा मलक्कामा कार्यक्रम गरि २६ तारिख जोहोर बारुमा दोस्रो कार्यक्रम गर्न लागिएको हो ।

मलेशियामा हरिरायको अवसरमा सार्वजनिक बिदा हुने र उक्त समयमा प्रवासमा रहेर पनि नेपाली सङ्गीत , कलाकारलाई माया सद्भाव राख्ने र नेपाली दाजुभाइ दिदिबहिनीमा आत्मीयता थप्ने कार्यक्रमको उद्देश्य रहेको छ । मलेशियामा हरेक साल हरिराय तथा चाइनिज न्यु इयरको समयमा साङ्गितिक कार्यक्रम हुने गर्दछन ।

आयोजकका सदस्य प्रदीप राईका अनुसार कार्यक्रमको तैयारी सबै अन्तिम चरण पुगेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ