2026-10-26 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षमा विहे, १६ वर्षमा सन्तान, १८ वर्षमा अर्को विहे, श्रीमान खाडीमा

 शंकर के सी/जेठ ३०, सल्यान । सल्यानमा आमा पोइल हिडेपछि ढाइ वर्षिय नावालकको विचल्ली भएको छ । 

‘एकछिन् निदाए पनि राती ब्युझीएर आमा खोज्दै धुरु धुरु रुन्छ,’ सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘ढाइ वर्षको मेरो नाती उमेशलाइ छाडेर आमा पोइल गएपछि अहिले नातीको विचल्ली भएको छ ।’


छोरा छोडेर अर्कै संग विहे गरेर हिडेकी रातो घेरामा खुमा र सँगै नयाँ घरतीरका आफन्ती

जिल्लाको कपुरकोट गाउंपालिका वडा नम्बर ४ निवासि खुमा अर्कै केटासंग भागेर विहे गरेपछि नावालक उमेश विचल्लीमा परेका हुन् । वालकका हजुरबुवा महाविर रोकाले आमाको काखमा खेल्ने, खाने र रमाउने उमेरमा निष्ठुरी मन गरेकी बुहारी अरुसंगै भागेर गएपछि अहिले नातीलाइ भुलाउन गाह्रो भइरहेको जनाए ।

उनले भने– ‘छोरो विदेशमा छ, वुहारी अन्तै पोइल गइ, नाती आमा सम्झदै रुन्छ, उसलाइ देखेर हाम्रो पनि आंखाबाट आंशु झरिदिन्छ ।’ नातीको स्याहार, सुसार, लालनपालन, शिक्षा, दिक्षा लगाएतका कुरामा असर पर्ने भन्दै उनले खुमालाइ पापी आमाको संज्ञा दिए ।

मोवायलको गलत प्रयोग

घरपरिवारमा झैँ–झगडा केहि नभएको भए पनि आफुहरुको सोझोपनको फाइदा उठाएर मोवायल फोनको गलत प्रयोग गरि बुहारी अन्तै पोइल गएको महाविरको बुझाइ छ । छोरो विदेश भएको मौकामा बुहारिले वेलावेला फोनमा अरु संगै कुराकानी गर्ने र जिस्कने गरेको संका शान्ति र महाविरको थियो ।

धेरै दिनको संकापछि एक दिन सासु शान्तिले बुहारीको अरु कसैसंग मोवायलमा कुरा भइरहेको अवस्थामा मोवायल फोन खोसिदिइन् ।  मोवायलमा दाङ स्थीत एक जना केटा संग विभिन्न कुराहरु भएको रेकर्ड पनि फेला पारिन् । त्यसको दुईतीन दिन पछि गत जेठ ६ गते खुमा दाङ घोराहि उपमहानगरपालिका निवासि लिल बहादुर बुढाथोकी संग नावालक छोरालाइ समेत छाडेर पोइल हिडेकी थिइन् ।

 ढाइ वर्षको नावालक उमेश र उसकी हजुरआमा शान्ति रोका

उनले मोवायलमा दिन प्रतिदिन कुरा हुंदै जांदा विहे गर्ने सम्मको कुरा चलेपछि आफु भागेर गएको जनाइन् । उनले भनिन्– ‘श्रीमानले विदेशबाट खर्चपर्च पनि पठाइदिन्थे तर मोवायलमा दाङका लिल बहादुरसंग कुराकानी हुनथालेपछि अरु केहि ख्याल नगरेर उ संगै गएं ।’ कपुरकोट गाउंपालिका ३ मुलपानी भन्ने ठाउंमा माइती घर भएकी खुमाको विक्रम संवत् २०७० असोज १४ गते किमुचौरका तिलक रोका संग विहे भएको थियो । 

१५ वर्षको सानो उमेरमै विहे गरेकी खुमाले १६ वर्षकी हुंदा छोरा जन्माइन् । र अहिले १८ वर्षकी हुंदा उनी पहिलो घरबार त्यागेर अर्काे विहे गरिन् । एक अर्कालाइ राम्रो संग नबुझेर सानै उमेरमा विवाह गर्दा यस्तो समस्या आएको कपुरकोट गाउंपालिका ३ का वडाअध्यक्ष मिन बहादुर सेनले जनाए ।

उनले भने– ‘आत्मनिर्भर नभएरै सानो उमेरमा विवाह हुंदा रोजगारीको लागी श्रीमान विदेश लगाएतका ठाउंमा जानुपर्ने, यता घरमा मोवायल, फेसबुक जस्ता सामाजिक संजालको गलत प्रयोग र लहैलहैमा लागेर श्रीमती अरु संगै लालायीत भएको देखियो ।’ वालविवाहलाइ रोक्न सक्ने हो भने पनि यी लगाएत यस्तै प्रकारका धेरै समस्या उत्पन्न नहुने उनको बुझाइ छ । र उनले वालविवाह न्युनिकरणका लागी आफुले विशेष अभियान चलाउने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने