बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन आर एन नेदरल्याण्ड्सको अध्यक्षमा मनोहरि शर्माको उम्मेदवार घोषणा

२०७४, ६ असार मंगलवार ०१:४५


बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि ) ले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 पर्बत जिल्लाको कुश्मा नगरपालिका -४ मा जन्मेका शर्मा बिगत १३ बर्ष देखि नेदरल्याण्ड्स बस्दै आएका छन् । जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकास लगायतका एजेन्डा सहित मैदानमा उत्रिएका हुन् ।

 गैर आवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्ड्सको नेतृत्वका प्रवल दावेदार शर्माले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि नेदरल्याण्ड्समा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ शर्माले भनेका छन् ।

 स्थानीय नेपाली संघ संस्थाहरु सँग समन्वय गर्दै सेवा र सहयोगको भावना लाई अगाडी बढाउदै समाजमा रहेका हरेक विचारको सम्मान गर्दै एक साझा उद्देश्य प्राप्तिका मैले यो उम्मेदवारी दिने निर्णय गरेको छु, उनले   भने । शर्माले एनआरएनलाई विशुद्ध सामाजीक संस्था बनाउने उद्घोष समेत गरे ।

एनआरएनका अन्य उम्मेदवारहरुले नेपाल र नेपालीको हितका लागि आफ्नो उम्मेदवारी हुने दावी गरिरहेको समयमा शर्माले भने – आफुले नेदरल्याण्ड्समा रहेका नेपालीको हितका लागि मात्र आफु उम्मेदवार भएको स्पष्ट पारे । ‘मेरो उम्मेदवारी यहाँ रहेका नेपालीहरुको क्षमता विकास, सहयोगका लागि हो, नेपाललाई हित हामीले गरेर संभव हुँदैन । व्यक्तिगत रुपमा मैले नेपालको कुनै ठाउँमा सहयोग गर्न सकुँला, गरिरहेको पनि छु । तर संस्थागत रुपमा हामीले हेर्ने भनेको यही रहेका नेपालीलाई हो,’ उनले भने ।

 त्यस्तै आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङले उमेद्द्वारी घोषणा गरेका छन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष उत्तम कँडेलले शर्मा र गुरुङलाई सहयोग गर्न सार्बजनिक अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश