बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन आर एन नेदरल्याण्ड्सको अध्यक्षमा मनोहरि शर्माको उम्मेदवार घोषणा

६ असार २०७४, मंगलवार ०१:४५


बिजय शर्मा दर्पण/असार ६, स्वीटजरल्याण्ड । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपुर्ब  अध्यक्ष ठाकुर शर्मा ( मनोहरि ) ले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

 पर्बत जिल्लाको कुश्मा नगरपालिका -४ मा जन्मेका शर्मा बिगत १३ बर्ष देखि नेदरल्याण्ड्स बस्दै आएका छन् । जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकास लगायतका एजेन्डा सहित मैदानमा उत्रिएका हुन् ।

 गैर आवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्ड्सको नेतृत्वका प्रवल दावेदार शर्माले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् । ‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि नेदरल्याण्ड्समा रहेका नेपाली समुदायको वृहत्तर हित र विकासका लागि हो,’ शर्माले भनेका छन् ।

 स्थानीय नेपाली संघ संस्थाहरु सँग समन्वय गर्दै सेवा र सहयोगको भावना लाई अगाडी बढाउदै समाजमा रहेका हरेक विचारको सम्मान गर्दै एक साझा उद्देश्य प्राप्तिका मैले यो उम्मेदवारी दिने निर्णय गरेको छु, उनले   भने । शर्माले एनआरएनलाई विशुद्ध सामाजीक संस्था बनाउने उद्घोष समेत गरे ।

एनआरएनका अन्य उम्मेदवारहरुले नेपाल र नेपालीको हितका लागि आफ्नो उम्मेदवारी हुने दावी गरिरहेको समयमा शर्माले भने – आफुले नेदरल्याण्ड्समा रहेका नेपालीको हितका लागि मात्र आफु उम्मेदवार भएको स्पष्ट पारे । ‘मेरो उम्मेदवारी यहाँ रहेका नेपालीहरुको क्षमता विकास, सहयोगका लागि हो, नेपाललाई हित हामीले गरेर संभव हुँदैन । व्यक्तिगत रुपमा मैले नेपालको कुनै ठाउँमा सहयोग गर्न सकुँला, गरिरहेको पनि छु । तर संस्थागत रुपमा हामीले हेर्ने भनेको यही रहेका नेपालीलाई हो,’ उनले भने ।

 त्यस्तै आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङले उमेद्द्वारी घोषणा गरेका छन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष उत्तम कँडेलले शर्मा र गुरुङलाई सहयोग गर्न सार्बजनिक अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या