2026-10-11 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि सेयर बजार खुल्दै

काठमाडौँ । दसैँ सुरु भएपछि तीन मात्र बन्द रहेको सेयर कारोबार आजदेखि खुल्दैछ । दसैँ बिदाको कारण गत साताको बिहिबार सेयर कारोबार बन्द भयो । त्यस यता गत शुक्रबार र शनिबार नियमित रूपमै बजार बन्द हुने कारण लगानी कर्तालाई कारोबार बन्द भएको खासै असर परेन । दसैँ बिदाको कारण यो साताको आइतबार र सोमबार मात्र कारोबार बन्द भएर आज (मंगलबार) देखि कारोबार पुन: सुचारु हुँदैछ । यो पटकको दसैंमा महानवमी नभएको कारण पनि थप एक दिन फाइदा भएको छ ।

दसैँअघिको केही दिन सेयर बजार उतारचढावपूर्ण रह्यो । गत साउन ३१ गते ३००० बिन्दुलाई छोएको बजार परिसूचक त्यसपछि करिब दुई महिनादेखि गिर्दो अवस्थामा छ । दसैं बिदा सुरु हुनुअघि सेयर २६६८ अंकमा पुगेको छ ।

पछिल्लो समय अर्थतन्त्रमा केही चलायमान अवस्था देखिन थालेको छ । साउन अन्त्यसम्म समेत नदेखिएको उत्साह पछिल्लो केही सातामा देखिएको छ । पछिल्लो समय बैंकमा ऋणको माग बढ्दै गएको छ । दसैँ बिदाअघि अन्तिम दिनमा मात्रै एकै दिन झन्डै ७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । भदौ र असोज महिनामा ८० अर्बभन्दा बढीको ऋण बैंकबाट बजारमा गइसकेको छ । यो अवस्थाले बजार अर्थतन्त्र चलायमान बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध