काठमाडौं | नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लाशेक बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान छन् ।
नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।