२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित

८ कार्तिक २०८१, बिहीबार ०८:३९

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित हासिल गरेको छ ।

बिहीबार विहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जीतमा राफिन्हाले आफ्नो १०० औं खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।

चार वर्षअघि लिस्बनमा ८–२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । जहाँ बायर्नले बार्सिलोनाविरुद्ध २२–४ को गोल अन्तर बनाएको थियो । तर, यसपटक बार्सिलोनाले पुरानो इतिहासलाई तोड्दै बायर्नमाथि जीत निकालेको हो ।

खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, ह्यारी केनले बायर्नका लागि ६ औं मिनेटमा गोल गरे पनि भारले अफसाइड ठह¥यायो ।

त्यसपछि १८ औं मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५ औं मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।

५६ औं मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जीत दर्ता गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै