२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

११ कार्तिक २०८१, आईतवार ०९:१७

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

पेप गार्डिओलाको टोलीले २३ अंकसहित अग्रता बनाएको छ । जसले लिभरपुललाई दुई र आर्सनललाई छ अंकको अन्तरले पछि पारेको छ । अब आइतबार लिभरपुल र आर्सनलबीचको खेलले लिगको शीर्ष स्थानको तय गर्ने छ ।

यो खेलमा सिटीको प्रदर्शन सधैं जस्तो आक्रमक थिएन । सिटीका प्रशिक्षक पेप गार्डिओलाले आफ्ना खेलाडीहरूलाई धैर्य गर्न निर्देशन दिएका थिए । खेलको पाँचौं मिनेटमै एर्लिङ हालान्डले माटेउस नुनेजको पासमा गोल गर्न सफल भए ।

हालान्डले गोल गरेर खडेरी अन्त्य गरे पनि उनले थप अवसरहरू चुकाएका थिए ।

चोटका कारण सिटीको विकल्पहरू सीमित थिए । जसले गर्दा गार्डिओलासँग आक्रमणमा परिवर्तन गर्न ठूलो विकल्प थिएन । साउथह्याम्प्टनका खेलाडीहरूले विशेषतः एडम ललानाले राम्रो प्रदर्शन गरे पनि म्यानचेस्टर सिटीको बलियो डिफेन्सले उनीलाई मौका दिएन ।

सिटीले पहिलो हाफमा केहि अवसरहरू खेर फालेको थियो भने दोस्रो हाफमा साउथह्याम्प्टनका गोलकिपर आरोन राम्सडेलले गोलकिपरबाट खेल सुरु गर्ने प्रयास गर्दा खतरामा परेका थिए । तर टेलर हारवुड–बेलिसको उत्कृष्ट ब्लकले खतरा टारे ।

खेलमा साउथह्याम्प्टनका क्यामरुन आर्चरको प्रयास बारमा लागेर बाहिर गयो भने सिटीका फिल फोडेनको प्रयास पनि गोलपोस्टको छेउबाट बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान