२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट)

११ कार्तिक २०८१, आईतवार १५:०९

काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले दोस्रो हाफको खेल जारी रहँदा फराकिलो अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ७–१ को अग्रता बनाएको हो।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्मा र सन्जिदा अख्तरले समान एक गोल गरिन्।

खेलको ५८ औँ मिनेटमा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्दा टोलीका लागि छैटौँ गोल गरिन्।

खेलको ७२ औँ मिनेटमा सन्जिदा अख्तरको कर्नरमा सिलेजेमको गोलमा बंगालदेशदले ७–१ को अग्रता बनायो।

त्यसअघि पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो।

खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्।

खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्।

खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोष्टको जाली चुमाइन्।

खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो।

खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको छ।

सविनाले भुटानका दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षकलाई समेत छलाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिइन्।

खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिइन्।

साफ च्याम्पियनसिपमा भुटानले बंगालदेशको पोष्टमा पहिलो पटक गोल गरेको हो।

साफको अघिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य