२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित

१२ कार्तिक २०८१, सोमबार ०९:०५

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भएको हो । चेल्सीको जीतमा कोल पाल्मरको प्रदर्शन शानदार रह्यो ।

पहिलो हाफमा चेल्सीले बलियो पकड जमाए पनि पाल्मरले गरेको एक गोल भिएआरको कारणले अस्वीकृत भयो । खेलको १८ औँ मिनेटमा पाल्मरले उत्कृष्ट पास दिएर पेद्रो नेटाले बल अघि बढाएका थिए भने उनले अनमार्क्ड अवस्थामा रहेका निकोलस ज्याक्सन पास दिएपछि गोल भएको थियो ।

तर, ३२ औं मिनेटमा न्युकासल खेलमा फर्कन सफल भयो । एलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको सुरूवातमा इसाकले एक गल्ती गर्दै पाल्मरलाई बल प्रदान गरे । जसबाट उनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि पनि इसाकले गोलको अवसर पाए तापनि उनले अवसर गुमाए, जसका कारण न्युकासलले बराबरी गोल गर्ने मौका गुमायो । अन्ततः चेल्सी २–१ को नतिजामा सन्तुष्ट भयो । चेल्सी ९ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । न्यु क्यासल भने समान खेलबाट १२ अंकका साथ तालिकाको १२ औं स्थानमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य