2026-09-19 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भएको हो । चेल्सीको जीतमा कोल पाल्मरको प्रदर्शन शानदार रह्यो ।

पहिलो हाफमा चेल्सीले बलियो पकड जमाए पनि पाल्मरले गरेको एक गोल भिएआरको कारणले अस्वीकृत भयो । खेलको १८ औँ मिनेटमा पाल्मरले उत्कृष्ट पास दिएर पेद्रो नेटाले बल अघि बढाएका थिए भने उनले अनमार्क्ड अवस्थामा रहेका निकोलस ज्याक्सन पास दिएपछि गोल भएको थियो ।

तर, ३२ औं मिनेटमा न्युकासल खेलमा फर्कन सफल भयो । एलेक्जेन्डर इसाकले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको सुरूवातमा इसाकले एक गल्ती गर्दै पाल्मरलाई बल प्रदान गरे । जसबाट उनले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि पनि इसाकले गोलको अवसर पाए तापनि उनले अवसर गुमाए, जसका कारण न्युकासलले बराबरी गोल गर्ने मौका गुमायो । अन्ततः चेल्सी २–१ को नतिजामा सन्तुष्ट भयो । चेल्सी ९ खेलबाट १७ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । न्यु क्यासल भने समान खेलबाट १२ अंकका साथ तालिकाको १२ औं स्थानमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २३ अंकका साथ शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ