१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक

१२ कार्तिक २०८१, सोमबार ०९:१६

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो ।

लिभरपुल दोस्रो स्थानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । उता आर्सनल भने १८ अंकका साथ तेस्रो स्थानमा छ ।

आर्सनलले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर मोहम्मद सलाहले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

आर्सनलका बुकायो साकाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए । तर, लिभरपुलका कप्तान भर्जिल भान डाइकले सेट–पिसको सदुपयोग गर्दै १८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए ।

आर्सनलका लागि ४३ औं मिनेटमा मिकेल मेरिनोर्ले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमलाई डिफेन्सिभ खेल खेल्न निर्देशन दिएपछि आर्सनलले आफ्नो अग्रतालाई जोगाउने प्रयास गरिरहेको थियो ।

तर खेलको ८१ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण