Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।