१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ?

१२ कार्तिक २०८१, सोमबार १२:३५

काठमाडौँ | आगामी १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा आठवटै फ्रेन्चाइज टिम च्याम्पियन बन्ने लक्ष्यसहित तयारीमा जुटेका छन्।

अक्सनबाट नेपाली खेलाडीहरूको अनुबन्धन सकेका यी टिमहरूले विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीहरूको चयन प्रक्रिया पनि चाँडै सम्पन्न गर्दैछन्।

यस सिजनमा हरेक टिमले चार विदेशी खेलाडी राख्न पाउने छन् भने मुख्य प्रशिक्षकहरूको घोषणा पनि भइसकेको छ।

प्रशिक्षकहरूको टोली र अनुभव

१. पोखरा एभेन्जर्स: सर्वाधिक महँगो टिम पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। उनले चेन्नेई सुपर किंग्समा ब्याटिङ र फिल्डिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

२. काठमाडौं गुर्खाज: नेपाली पूर्वक्रिकेटर बसन्त शाही ठकुरी काठमाडौं गुर्खाजका मुख्य प्रशिक्षक छन्। सन् १९९६ मा नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलको टोलीका सदस्य रहेका उनले नेपाली टोलीका पूर्वसहायक प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन्।

३. जनकपुर बोल्ट्स: नेपाली टिमका पूर्वकोच पुबुदु दासानायके जनकपुर बोल्ट्सका प्रशिक्षक छन्। पुबुदुले नेपाललाई सन् २०१४ को टी-२० विश्वकप र एकदिवसीय मान्यता दिलाएका थिए।

४. लुम्बिनी लायन्स: भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनले भारतको राष्ट्रिय क्रिकेट एकेडेमी र गोवा क्रिकेट संघमा प्रशिक्षण गराएका छन्।

५. चितवन राइनोज: भारतका पूर्वक्रिकेटर उमेश पटवाल चितवन राइनोजका प्रशिक्षक छन्। उनी नेपाली टिमका पूर्वप्रशिक्षक पनि हुन् र नेपाल टी-२० लिग र एभरेष्ट प्रिमियर लिगमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

६. सुदूरपश्चिम रोयल्स: लामो समयदेखि नेपाली क्रिकेट प्रशिक्षक रहेका जगत टमाटा सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली महिला टिमको प्रशिक्षकका रूपमा पनि अनुभव हासिल गरेका छन्।

७. विराटनगर किंग्स: आयरल्याण्डका पूर्वक्रिकेटर केबिन ओ ब्रायन विराटनगर किंग्सका प्रशिक्षक छन्। उनले आयरल्याण्डका लागि तीन टेस्ट, १५३ ओडिआई र ११० टी-२० आई खेलेका छन्।

८. कर्णाली याक्स: नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कर्णाली याक्सका प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली ‘ए’ टोलीको पनि प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

प्रशिक्षकहरूको नेतृत्वमा तयारी गरिरहेका यी टिमहरूले एनपिएलको डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन