Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारको तर्फबाट साफ महिला च्यापियनसिपको उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख रुपयाँ पुरस्कार दिने भएको छ ।

च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।

यस्तै, मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए ।

बुधबार सम्पन्न भएको साफ महिला च्याम्पियनसिपको सातौं संकरणमा बंगलादेशसँग पराजित हुँदा नेपाल उपविजेता बनको थियो ।

यसअघि, बुधबार नै काठमाडौं महानगरपालिकाले नेपाली टोलीलाई २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो।