Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकमद्वारा सम्मान गरेकाे हो । जसमा प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो ।

उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।