२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप लिग–२: जारी सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध करण र भीम बाहिर

१९ कार्तिक २०८१, सोमबार १६:५४

 काठमाडौं । विश्वकप लिग–२ अनतर्गत अमेरिकामा जारी खेलमा नेपाली टोलीमा आज करण केसी र भीम सार्की प्लेइङ ११ बाहिर हुने भएका छन्। इन्जुरीका कारण करण र भीमलाई प्लेइङ ११ मा नराखिएको क्यानले जनाएको छ।

उनीहरुको स्थानमा आज देव खनाल र सागर ढकाललाई टिममा समावेश गरिएको छ। नेपालले आज सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

स्कटल्यान्डविरुद्धको जारी सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई कायम राख्दै कम्तीमा २ जित निकाल्ने लक्ष्यमा छ।

जारी सिरिजमा स्कटल्यान्डले अमेरिकासँगको दुवै खेलमा जित निकाल्दा नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भयो। नेपालले स्कटल्यान्डलाई भने एक खेलमा हराएको छ। आजको खेलमा नेपालले अमेरिकालाई पराजित गरेमा सबै टिमले जारी सिरिजमा २–२ जित निकाल्ने छन्।

नेपाल स्कटल्यान्डविरुद्ध पछिल्ला ३ खेलमा अपराजित छ। लिग २ को अघिल्लो संस्करणमा २ खेलमा अपराजित नेपालले यो संस्करणको पहिलो खेलमा पनि स्कटल्यान्डलाई हरायो।

नेपाल र स्कल्यान्डबीचको खेल राति १०ः१५ बजे ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम टेक्सासमा हुनेछ। जारी लिग अङ्कतालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड भने १३ अङ्क बनाएर अङ्क तालिकाको तेस्रो स्थानमा छ।

नेपाल ११ खेलबाट ५ अङ्कका साथ सातौं स्थानमा छ। ९ खेलबाट ४ अङ्क बनाएको युएई अङ्क तालिकाको पुछारमा छ। नेपाललाई अघिल्लो खेलमा हराएको अमेरिका भने १२ खेलबाट १६ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य