Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।