असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपाल"/>

2026-06-30 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समस्या पहिचान गर्दै सल्यानका जनप्रतिनिधी

2017-06-27


असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपालिकाका प्रमुख भिम बहादुर सेन र उपाध्यक्ष तिला बुढालाइ विभिन्न संघ, संस्था, कार्यालयले वडावडाहरुमा आमन्त्रण संगै बधाइ कार्यक्रम राखेर स्थानिय स्तरका समस्या देखाउने गरेका छन् ।

सो अवसरमा आम नागरिकमा विकासको तिब्र चाहना रहेको गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाए । वडा नम्बर ५ रीममा पुगेका उनले भने– ‘समाजका हरेक व्यक्तिले समृद्धि चाहेका छन्, हामी जननिर्वाचीत प्रतिनिधीहरु जनहितको काममा तेरो मेरो नभनेर अघि बढ्नुपर्ने देखिन्छ ।’ सेनलाइ सल्यान रीममा रहेको ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रले स्वागत तथा बधाइ कार्यक्रम गरेको छ । यस्तै पालिकाको वडा नम्बर ६ सिनवाङमा पनि जनप्रतिनिधीहरुलाइ स्वागत गर्दै विभिन्न मागहरु प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा रीम स्थीत केन्द्रकी ब्रह्माकुमारि सरस्वती वस्नेतले समाजको सेवाक्षेत्रमा आउने हरेक व्यक्तिलाइ आफुहरुको सम्मान गर्ने चलन रहेको जनाउंदै मानिसमा सकारत्मक विचारको विकास गर्नु नै आफ्नो संस्थाको उद्देश्य रहेको जनाइन् । ‘कुनै पनि व्यक्ति सफल हुनका लागी उसमा सकारत्मक चिन्तन आवशयक छ,’ सरस्वतीले भनिन्–‘यस कुराको गाउंपालिकाले प्रवद्र्धन गर्नेछ भन्ने आशा छ ।’

स्वागत ग्रहण गर्दै कपुरकोट गाउंपालिका प्रमुख सेनले समाज रुपान्तरणमा लाग्नु अत्यन्तै राम्रो कुरा भएको जनाउंदै व्यक्तिको आचरण सुधार्ने कार्यमा आफ्नो साथ र समर्थन रहने जनाएका थिए ।

विश्वको १४० देशमा फैलिएको ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालका ५ सय बढि स्थानमा छ । र यसले २०५० सालखेदि राप्ती अंचलमा सेवा प्रारम्भ गरेको थियो ।

सल्यान रीममा आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको केन्द्रको उपशाखाले सबैलाइ सम्मान गर्नुपर्ने र मनमा सकारात्मक सोंच वृद्धि गर्नुपर्ने भन्दै हरेक दिन कक्षा समेत संचालन गर्दै आइरहेको ब्रह्माकुमारि सोनु सस्नेतले जनाइन् ।

कक्षामा सहभागी भएपछि आफुमा समयाको समाधन गर्न सक्ने क्षमताको विकास भएको र जीवनलाइ वास्तविक रुपमा बुझिएको कपुरकोट गाउंपालिका ५ कि सावित्रा पुनले जनाइन् । अहिले रीम उपशाखामा दैनिक २७ बढिले अध्यन गर्दै आइरहेका छन् ।

सकारात्मक कामको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने जनाउंदै त्यस अवसरमा गाउंपालिका प्रमुख सेनले ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र रीममा स्टेशनरि सामान, साउण्ड सिस्टम, पिउने पानीको अभाव तथा पर्खाल निर्माणको आवश्यकता देखिएकोले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ अकोराव प्रदेश नम्बर ६ का सदस्य तथा रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष घर्ती, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, एक्टीभ युथ क्लव कपुरकोटका प्रमुख रुपक बुढा लगाएतले केन्द्रबाट दिइने सकारत्मक सेवा र प्रशिक्षणलाइ हरेक स्थानमा फैलाउन जरुरी रहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन