२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज (बिहीबार) एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य, किन घट्यो?

२२ कार्तिक २०८१, बिहीबार ११:३५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार मात्र प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार प्रतितोला चार हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसै सुनको मूल्य एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो।

यस गिरावटलाई विश्लेषकहरूले ट्रम्पको विजयसँग जोडेर हेरिरहेका छन्। उनको जीतले अमेरिकामा मुद्रास्फीति थप बढ्न सक्ने र बण्ड र डलरको मूल्यमा वृद्धिको सम्भावना रहेकोले लगानीकर्ताहरूलाई सुनमा लगानी गर्ने कम आकर्षक हुने विश्लेषण गरिएको छ। यसै कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको भविष्य मूल्यमा पनि तीन प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

त्यस्तै, चाँदीको मूल्यमा पनि बिहीबार गिरावट देखिएको छ। बुधबार प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस २६५९ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा