2026-07-05 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको थाहा नगरपालिका आउँदै प्रचण्ड

हेटौंडा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउँदैछन् ।

वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्न अध्यक्ष दाहाल जिल्लाको थाहा नगरपालिकाको पालुङ आउने भएका हुन् ।
उनले पालुङको ईन्द्रायणी चौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ९ बजे चन्द्रागिरीको बाटो हुदै चित्लाङ आइपुग्ने जनाइएको छ । अध्यक्ष प्रचण्डलाई चित्लाङबाट ५ सय वटा मोटरसाईकलले स्कर्टिङ गर्दै पालुङ ल्याउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले बिहानको खाना बज्रबाराहीमा खाने कार्यक्रम रहेको उनले बताए ।

चित्लाङबाट पालुङ आउँदा त्यस बीचमा पर्ने थाहा नगरको वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने र बज्रबाराहीमा विशेष स्वागत कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेनालाई सम्मान गरिने छ ।

कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल ¥यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री नाँच, महिलाहरुको खैजडी, गोपालीहरुको बासुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ ।

अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् । उनले त्यही नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै