Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मूल्य घट्दा चाँदी बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।