२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?

३० कार्तिक २०८१, शुक्रबार १४:४५

काठमाडौँ | अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि निक्षेप ब्याजदर घटाएका छन्। बैंकहरुले सामान्य बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ६ प्रतिशतको ब्याजदर तोकेका छन्। यसरी ब्याजदर घटाइएसँगै अधिकांश बैंकहरुमा कात्तिकको तुलनामा ब्याजदर घटेको छ।

नवीनतम सार्वजनिक ब्याजदरअनुसार, नेपाल बैंकले मुद्दती निक्षेपमा ५.९५ प्रतिशत र सामान्य बचतमा ३ प्रतिशत मात्रै ब्याज दिएको छ। नबिल बैंकको बचत खाताको ३ प्रतिशत र मुद्दती खाताको लागि अधिकतम ५.७५ प्रतिशत छ। बैंकको बेसरेट ७.०२ प्रतिशत छ।

कृषि विकास बैंकको साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५.५३ प्रतिशत छ। लक्ष्मी सनराइज बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिँदा ५ वर्ष बढीको मुद्दती खतामा ५.७५ प्रतिशत दिएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सामान्य बचतमा ३ प्रतिशत र २ वर्षमाथिको बचतमा ६.५ प्रतिशत ब्याज दिने भएको छ।

यता सिद्धार्थ बैंकले सामान्य बचत खातामा ३ प्रतिशत, २ वर्षमाथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। एनएमबी बैंकले बचत खातामा ३ प्रतिशत र ५ वर्षमाथिको मुद्दतीमा ५.५७ प्रतिशत ब्याज दिनेछ। सानिमा बैंकको बचत खाताको ब्याजदर ३.०४ प्रतिशत छ भने ३ वर्षमाथिको मुद्दती खाताको ६.१५ प्रतिशत ब्याजदर छ।

प्राइम बैंकले बचत खातामा ३ प्रतिशत तोक्दा १ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको सामान्य बचत खातामा ३ प्रतिशत ब्याज दिएको छ। बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिएको छ।

त्यसैगरी नेपाल एसबीआई बैंकको सरल बचत खातामा ३.०२ प्रतिशत छ भने ३ वर्ष माथिको मुद्दती खातामा ६ प्रतिशत ब्याज मिल्नेछ। एभरेस्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म ४ प्रतिशत र ५ वर्ष बढीको मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले ३.०५ प्रतिशत बचत खाताको ब्याजदर तोकेको छ। बैंकले मुद्दतीमा ६.२५ प्रतिशत ब्याज दिनेछ।

ग्लोबल आईएमई बैंकमा सामान्य बचत गर्नेले ३ प्रतिशत पाउँदा २ वर्ष बढीको मुद्दती निक्षेप गर्नेले ५.७५ प्रतिशत ब्याज पाउनेछन्। कुमारी बैंकले २ वर्ष बढीको बचतमा ५.७१ प्रतिशत ब्याज दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य बचत खातामा ३ प्रतिशत दिएको छ। बै‌ंकले ५ वर्ष बढीको बचत खातामा ६.२५ प्रतिशत ब्याज दिएको छ।

एनआईसी एसिया बैंकमा ५ वर्ष माथिको मुद्दती खातामा पैसा जम्मा गर्दा ६.७९ प्रतिशत ब्याज आम्दानी गर्न सकिनेछ। यता प्रभु बैंकको बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५ प्रतिशत ब्याज तोकिएको छ।

त्यसैगरी माछापुच्छ्रे बैंकले मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा सिटिजन बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेले अधिकतम ५.६५ प्रतिशत ब्याज पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ