2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई बद्री केसी पक्षले असहयोगको नीति लिएको छ ।

बालुवाटारस्थित कार्यालयबाट जबर्जस्ति आफ्नो गतिविधि गर्दै आएको केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएर केसि बेपत्ता भएका हुन । घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भएपनि सम्पर्क गर्दा बद्री केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।

जवकि केसी पनि समितिको सदस्य रहेका छन् । उनले ३ बजे बैठक बस्ने तय भएको जानकारी दिँदै त्यो अवधिमा पनि कार्यालय खुला नभएकाले बाहिरकै हलमा बसेर पत्रकार सम्मेलन गर्दै समितिको बैठक अर्को ठाउँमा गरियो ।

यता केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा पुगेको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा संस्थाको रकम दुरुप्रयोग गर्दै केसि समूह बसेको हो ।

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको हो । हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष रहेका छन ।

कार्यालय बन्द गरेर केसि फरार भएपछी एनआरएनएको विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको बताएका छन । उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द हुनु गलत भएको बताए ।

 

मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि घलेलगाएत समितीका सदस्यहरु कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी फरार भएका छन । ‘एनआरएनएलाई मिलाएर लैजाउला भन्ने आशाका साथ बैठक बोलाइएको घलेले बताए । यो नसोचको भयो’, घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँग भने, ‘यद्यपि हामीलाई मिटिङ गर्नुछ, त्यसका लागि वैकल्पिक स्थानमा हामिले मिटिङ्ग गर्दछौ ।’

उनले आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर अघि बढिने बताए ।

यस्तै समितिकी सदस्य रविना थापाले पनि ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । ‘मैले यो सोचेको थिइनँ । संस्था सबैको साझा घर हो’, उनले भनिन्, ‘सबैको भावना जोडिएको भवन हो। अमेरिकादेखि बैठकमै लागि आएको थिएँ । अफिस बन्द र कर्मचारी पनि हुनुहुँदो रहेनछ । अति दुख लाग्यो । सारै गलत कार्य गरियो ।

यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए ।
यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसि भाग्नु दुखद भएको जनाउदै यो निजि कम्पनी जसरी चलाईएकोले यस्को हिसाब समग्र गैर आवासीय नेपालीले गर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो