2026-10-26 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई बद्री केसी पक्षले असहयोगको नीति लिएको छ ।

बालुवाटारस्थित कार्यालयबाट जबर्जस्ति आफ्नो गतिविधि गर्दै आएको केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएर केसि बेपत्ता भएका हुन । घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरु कार्यालयमा आइसकेको भएपनि सम्पर्क गर्दा बद्री केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन ।

जवकि केसी पनि समितिको सदस्य रहेका छन् । उनले ३ बजे बैठक बस्ने तय भएको जानकारी दिँदै त्यो अवधिमा पनि कार्यालय खुला नभएकाले बाहिरकै हलमा बसेर पत्रकार सम्मेलन गर्दै समितिको बैठक अर्को ठाउँमा गरियो ।

यता केसी पक्ष भने कार्यालय बन्द गरेर बूढानीलकण्ठको एक रिसोर्टमा पुगेको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बूढानीलकण्ठमा रिसोर्टमा संस्थाको रकम दुरुप्रयोग गर्दै केसि समूह बसेको हो ।

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको हो । हाल एनआरएनएमा केसी पक्ष, बिनोद कुँवर पक्ष र आरके शर्मा पक्ष रहेका छन ।

कार्यालय बन्द गरेर केसि फरार भएपछी एनआरएनएको विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको बताएका छन । उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द हुनु गलत भएको बताए ।

 

मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि घलेलगाएत समितीका सदस्यहरु कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी फरार भएका छन । ‘एनआरएनएलाई मिलाएर लैजाउला भन्ने आशाका साथ बैठक बोलाइएको घलेले बताए । यो नसोचको भयो’, घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँग भने, ‘यद्यपि हामीलाई मिटिङ गर्नुछ, त्यसका लागि वैकल्पिक स्थानमा हामिले मिटिङ्ग गर्दछौ ।’

उनले आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर अघि बढिने बताए ।

यस्तै समितिकी सदस्य रविना थापाले पनि ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । ‘मैले यो सोचेको थिइनँ । संस्था सबैको साझा घर हो’, उनले भनिन्, ‘सबैको भावना जोडिएको भवन हो। अमेरिकादेखि बैठकमै लागि आएको थिएँ । अफिस बन्द र कर्मचारी पनि हुनुहुँदो रहेनछ । अति दुख लाग्यो । सारै गलत कार्य गरियो ।

यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए ।
यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसि भाग्नु दुखद भएको जनाउदै यो निजि कम्पनी जसरी चलाईएकोले यस्को हिसाब समग्र गैर आवासीय नेपालीले गर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने