Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।