६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

६ मंसिर २०८१, बिहीबार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको छ ।

यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै