2026-09-19 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क

एजेन्सी | टेस्लाका सीईओ इलोन मस्क विश्वकै मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी संसारमा अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।
टेस्ला कम्पनीको शेयर ३.८% ले वृद्धि भएर ३५२.५६ डलरमा पुगेपछि मस्कको सम्पत्ति थप ७ अर्ब डलरले बढ्यो। यसले २०२१ को नोभेम्बर ५ मा बनेको उनको अघिल्लो रेकर्ड, ३२०.३ अर्ब डलरलाई पनि पार गर्‍यो।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनासाथ मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढेको थियो।

मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो।

यही नोभेम्बर ५ मा भएको राष्ट्रपति चुनावका लागि मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा आर्थिक सहयोगसमेत गरेका थिए।

त्यसो त राष्ट्रपतिमा आफू विजयी हुनासाथ ट्रम्पले टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन्।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयले मस्क र उनका कम्पनीमा लगानीकर्ताहरूको विश्वासलाई बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो