Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १२ गते, अपराह्न ५:१३ बजे अर्थ/विकास, काठमाडौँ - KTM, मुख्य समाचार

आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सुनको मूल्य तोलामा ९ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ पुगेको छ ।