२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’

१२ मंसिर २०८१, बुधबार १४:५५

काठमाडौँ | नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार गरेका छन्। मंगलबार अध्यक्षको शपथ लिएका उनले आज खुमलटारस्थित बोर्डको कार्यालय पुगेर पदभार सम्हालेका हुन्।

पदरभारपछि श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताए। उनले नयाँ एक्सचेन्जको काम निकै अगाडि बढेको बताउँदै त्यसमा सरकारको नीति ,कानुन र निर्देशअनुसार अगाडि बढ्ने बताए।

नयाँ स्टक एक्सचेन्जको विषयमा आफू स्पष्ट रहेको उनको भनाइ। उनले लामो समयदेखि अध्यक्षविहीन धितोपत्र बोर्डको अध्यक्षमा आफू ठूलो जिम्मेवारीका साथ आएको बताए। उनले चुनौतिहरू धेरै रहेपनि रोकिएका सबै काम पूरा गर्ने बताए। उनले सबै लगानीकर्ताको पक्षमा काम गर्ने बताए।

‘ठूलो जिम्मेवारीका साथ आएको छु। ठूलो च्यालेन्ज पनि छ। विशेषगरी क्यापिटल मार्केटको भूमिकाको दायर बढाउँदै लैजानुपर्छ। इन्भेस्टरहरूको प्रोटेक्सन पहिलो प्राथमिकता हो। यसलाई मध्यनजर गर्ने। क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने कन्ट्रीब्युसन धेरै छ। त्यसको सदुपयोग गर्न सकिरहेको छैन,’उनले भने,’नेपाल सरकारको कानुनअनुसार स्टक एक्सजेन्सको विषयमा अगाडि बढिन्छ। धेरै कुराहरू यसमा अगाडि बढिसकेको स्थिति छ। यसमा बुझेर अगाडि बढछौं।’

उनले रोकिएको आईपीओ चाँडै निष्काशन गर्ने दावी गरे। ‘आईपीओ निष्काशनको विषयमा साथीहरूसँग वस्तुस्थित बुझ्छु। आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ। स्थायी नेतृत्व नहु्ँदा आईपीओ रोकिएको हो,’उनले भने,’यो समस्या समाधान हुँदैजान्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम