२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन ३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोड २९ लाख बराबरको कारोबार

१२ मंसिर २०८१, बुधबार १६:०७
काठमाडौँ | साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.८१ अंकले बढेको छ । १.४२ प्रतिशतले बढेर यसदिन दुई हजार ७५५.४७ बिन्दुमा बजार बन्द भयो ।
यस्तै सेन्सेटिभ इन्डेक्स ३.३०, फ्लट इन्डेक्स २ र सेन्सेटिभ फ्लट इन्डेक्स १.११ अंकले बढेको छ । आज ८ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको हो ।
 यस्तै सुपर म्यादी हाइड्रो र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ भने मिथिला लघुवित्तमा भने नकारात्मक सर्टिट लागेको छ ।
 कारोबारमा आएका २४४ कम्पनीमध्ये १९९ कम्पनीको शेयर बढेको छ भने ४० कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै ५ कम्पनीको शेयर स्थिर रहेको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ । मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह