२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ

१२ मंसिर २०८१, बुधबार १७:४३

काठमाडौँ | भक्तपुरमा एक फार्मेसी सञ्चालकलाई अनलाइनमार्फत “घाउ ड्रेसिङ गर्नुपर्ने छ” भनेर बोलाई हनिट्रयापमा पारेको घटनामा संलग्न गिरोहका तीन सदस्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा इलाम घर भई नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका घर भई स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी, र उनकी २५ वर्षीया बहिनी वर्षा दर्जी रहेका छन्। उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।

घटनाको विवरणअनुसार, फार्मेसी सञ्चालकले अनलाइनमार्फत घरमै ड्रेसिङ सेवा दिने गर्दथे। यसै क्रममा वर्षा दर्जीले उनलाई “मेरो खुट्टाको घाउ ड्रेसिङ गर्न भक्तपुर राधेराधेमा आउनुहोस्” भनेर बोलाइन्। मंसिर ६ गते ती युवक स्कुटरमा उक्त स्थानमा पुगे। त्यहाँ वर्षाले उनलाई एउटा कोठामा लगेर भनिन्, “ड्रेसिङ गर्नुपर्ने मेरी बुढी आमा हुन्। यता बस्दै गरौं।”

कोठामा केही समय बितेपछि समृद्धि मगर त्यहाँ आइन् र युवकमाथि “मेरो नन्दलाई बलात्कार गर्न खोजेको” आरोप लगाइन्। परिस्थितिलाई गम्भीर देखेपछि ती युवक कोठाबाट स्कुटर लिएर हिँडे।

पछिल्लो दिन वर्षा, दीपेन्द्र, र समृद्धिले फार्मेसीमा पुगेर युवकलाई धम्की दिँदै बलात्कारको मुद्दा लगाउने भन्दै १८ लाख मागे। बार्गेनिङपछि ८ लाखमा सहमति भएपछि, ती युवकले ५० हजार नगद र ७५ हजारको चेक दिएका थिए। लेनदेन भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा भएको पुष्टि भएको छ।

समृद्धिले पीडितसँग आफू वर्षाको भाउजू भनेकी थिइन् । तर, उनी भाउजू नभएको अनुसन्धानबाट थाहा भएको छ । उक्त घटनामा संलग्न एक जना अझै फरार छन्। हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

पक्राउ परेका तीन जनालाई आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको एसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी