2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सट्टेबाजी आरोपमा पक्राउ परेका राईको ७५ वटा बैंक खाता, १२८ वटा इसेवा वालेट खाता

काठमाडौँ | ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर निवासी सुनिल राईलाई वानएक्स वेटमार्फत सट्टेबाजीमा ५५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार गरेको तथ्य फेला परेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, राई विभिन्न व्यक्तिका नाममा नागरिकता प्रमाणपत्र प्रयोग गरी ७५ वटा बैंक खाता खोली ती खाताबाट नियमित कारोबार गरिरहेको पाइएको छ। यी खाताहरूको केवाईसी फारममा आफ्नै फोटो टाँसेर उनले डेबिट अमाउन्ट कारोबार गर्ने गरेका थिए।

राईले फरक व्यक्तिका नामबाट १२८ वटा इसेवा वालेट खाता खोली, ती खातामार्फत विभिन्न उपकरण प्रयोग गरी आर्थिक कारोबार गरेका थिए। साथै, उनले २५ भन्दा बढी जिमेल आइडी प्रयोग गरी वानएक्स वेटसँग कारोबार गर्न सकिने प्लेटफर्महरूमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार राईले आफ्नो गतिविधि लुकाउन विभिन्न स्थानमा कोठा भाडामा लिँदै हुलिया परिवर्तन गरेर सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।

पक्राउको क्रममा प्रहरीले राईको साथबाट विभिन्न सामग्रीहरू जसमा २ वटा ल्यापटप, ८ वटा मोबाइल फोन, ८० थान एनसेल सिमकार्ड, ५ थान एनटीसी सिमकार्ड, ११ वटा नागरिकता प्रमाणपत्र, १५ वटा राहदानी, २२ थान बैंक चेकबुक, ४२ थान एटीएम कार्ड, २ थान वाइफाई राउटर, एउटा मोटरसाइकल बरामद गरेको छ।

प्रहरीले राईविरुद्ध थप अनुसन्धान सुरु गरेको छ। बैंक खाता, वालेट, र आइडीहरूको प्रयोगमार्फत सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। पक्राउ परेका राईलाई सम्बन्धित कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने