काठमाडौँ | नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।