2026-07-05 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

जापानको टोकियोमा नेपाल फेस्टिवल (फोटो फिचर)

टोकियो । जापानको राजधानी टोकियोमा १४ औँ नेपाल फेस्टिवलको सनिबार उद्घाटन कार्यक्रम सहित बिबिध कार्यक्रम सम्पन्न गरिएको छ । नाकानोमा पार्कमा शनिबार सुरु भएको नेपाल फेस्टिवल भोली आइतबार समापन हुनेछ ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल आयोजना भएको हो । जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले बताए ।

यस पटक नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरिएको हो ।

आयोजक नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले नेपाल फेस्टिवल सभ्य र भब्य बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरे ।

नेपाल फेस्टिवल सञ्चालन हुने स्थलमा दर्जनौ नेपाली व्यावसायीहरुले बिभिन्न स्टलहरु, खानाका स्टलहरु, रेमिट्यान्स पर्वर्धनको लागि बिभिन्न स्किम सहितको स्टलहरु राखिएका थिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शन पनि गरिएको थियो ।

एनआरएन जापानले सन २०१२ देखि जापानमा नेपाल फेस्टिवलको आयोजना गर्दै आएको १४ औँ नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए ।

उनले नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने बताए ।

यस पटकको नेपाल फेस्टिवलको अनुमानित खर्च १ करोड ४० लाख येन लागत लाग्ने एनआरएनए जापानले जनाएको छ । जारी फेस्टिवलमा जापानका अधिकारीहरु, नेपालबाट आएका संघीय तथा प्रदेश सांसदहरु, जापानका लागि नेपाली राजदूत, एनआरएनए अभियान्ताहरु, पत्रकारहरु, संघ-संस्थाका पदाधिकारीहरु र स्थानीय  नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महोत्सवका रूपमा विगत डेढ दशकदेखि हुँदै आएको नेपाल फेस्टिवल औपचारिक रूपमा सुरु भएको हो ।

भव्य कार्यक्रमकाबीच भएको उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । विशेष गरी नेपालको कला र संस्कृतिलाई जापानमा प्रवर्द्धन गरी जापानमा जन्मिएर जापानमा नै बसोबास गर्दै आएका नेपालीहरूलाई नेपाली संस्कृतिको बारेमा जानकारी दिनुका साथै जापानी नागरिकलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराइ नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ फेस्टिवल आयोजना गरिएको बताइएको छ । फेस्टिवलमा नेपाली परिकार, हस्तकलाका सामानहरू, रेमिटेन्स र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिंएको थियोे । नेपाल फेस्टिवलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

तस्वीर: अनिल अधिकारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै