Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १६ गते, बिहान ११:२६ बजे
अर्थ/विकास

आज आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला पाँच रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएर कारोबार भइरहेको छ ।