Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, दिउँसो १२:३५ बजे
काठमाडौँ - KTM

काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौं | काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

सोमपाल कामीको कप्तानी रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँ ले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।

काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।