काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।
पहिलो विकेटका रुपमा सुदूरपश्चिम रोयल्सका सैफ अली जैब ११ रन बनाएर आउट भएका हुन्। उनि रासिद खानको बलमा आउट भएका हुन् ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले टस हारेसँगै पहिले ब्याटिङ गर्ने तय भएको थियो। सुदूरपश्चिमले यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेकाले लगातार दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ।