2026-10-26 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ममता बेपत्ता भएको १२५ दिनपछि अन्ततः नरेश भट्टमाथि हत्याको मुद्दा दायर, हिरासतमुक्त हुने सम्भावना समाप्त

काठमाडौँ | ममता काफ्ले बेपत्ता भएको १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि अन्ततः हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
श्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो ।

प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ ।

गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो ।

तर, हालै बाथरुममा फेला परेको रगत ममताको डीएनएसँग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो । यद्यपि, उनको शव भने फेला परेको छैन । शव फेला नपरे पनि उनका पति भट्टमाथि हत्या अभियोग लगाइएको हो ।

अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो । नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन् । यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन् । अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ ।

ममता काफ्ले भर्जिनियाको प्रिन्स विलियम मेडिकल कलेजमा नर्सको रूपमा कार्यरत थिइन्, २७ जुलाईमा कार्यालय गएपछि बेपत्ता भएकी थिइन्। ममताका सहकर्मीहरूले उनलाई हराएको जानकारी दिएपछि प्रहरीले खोजी अभियान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरीले नरेश भट्टलाई २२ अगस्टमा पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानमा भट्टले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेको आशंका गरिएको छ। घटनास्थलमा भेटिएको रगत र वालमार्टबाट खरिद गरिएका चक्कु तथा सफाई सामग्रीले अभियोग पुष्टि गर्ने आधार बनाएका छन्। भट्टले गुगलमा “श्रीमती मरेपछि विवाहका लागि कति समय लाग्छ” भन्ने खोजी गरेको प्रमाण भेटिएको थियो। नरेशले आफ्नो घर र टेस्ला गाडी बिक्री गर्न खोजेको र छोरीलाई नेपाल पठाउन कागजात तयार गरेको पाइएको थियो।

पक्राउपछि नरेशले अपराध अस्वीकार गर्दै आएका थिए। तर, डीएनए रिपोर्ट सार्वजनिक भएपछि प्रहरीले ठोस प्रमाणसहित अभियोग दायर गरेको छ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भएका नरेश धनगढीमा चिकित्सा प्रतिनिधि (एमआर)को रूपमा कार्यरत थिए। डीभी परेपछि २०७३ सालमा अमेरिका गएका उनी यूएस आर्मीको आईटी विभागमा काम गर्थे। ममता र नरेशको विवाह २०७७ मा भएको थियो, र ममता २०७८ मा अमेरिका गएकी थिइन्।

ममताका १.५ वर्षकी छोरी अहिले नेपालबाट अमेरिका गएका उनका आमा र भाइको हेरचाहमा छिन्। परिवारले शव खोजी कार्यलाई तीव्र बनाउन अपिल गरिरहेको छ।

हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ । २०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने