2026-09-19 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै खेलमा राम्रो स्कोर बनाउँदा पनि पराजित भएपछि रोहितको ठट्टा: ‘अब बुमराहलाई ल्याउनु पर्ला’

काठमाडौँ | सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सले पहिलो दुई खेलमा सन्तोषजनक स्कोर बनाए पनि बलिङ प्रदर्शनका कारण दुवै खेल गुमाएको छ।

पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध १९१ रन बनाएर पनि पराजित भएको लुम्बिनीले शुक्रबार पोखरा एभेन्जर्सविरुद्ध १७० रन बनाए। तर, पोखराले कुनै विकेट नगुमाई १७ औं ओभरमा लक्ष्य पूरा गर्‍यो।

दुवै खेलमा राम्रो स्कोर बनाउँदा पनि पराजित भएपछि रोहितले आफ्नो टोलीको बलिङमा समस्या रहेको स्वीकार गरे। टोलीमा रहेका उपलब्ध बलरलाई खेलाउँदा राम्रो हुन नसकेको उनको बुझाइ छ।

अब कसरी बलिङको समस्या समाधान गर्नुहुन्छ? भन्ने प्रश्नमा रोहितले शुक्रबारको खेलपछि ठट्टा गर्दै भने- ‘अब बुमराहलाई ल्याउनु पर्छ।’

उनले लुम्बिनीले बनाएको १७० रन जितका लागि काफी भएको लागे पनि आफ्ना स्पिनरले राम्रो खेल्न नसकेको बताए। साथै उनले ६ ओभरको पावरप्लेमा आफूहरूले धेरै रन खाएको पनि बताए।

उनले पोखराका ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलको ब्याटिङको पनि प्रशंसा गरे। खेलमा रोहितले ९५ रन प्रहार गरेका थिए। अन्तिम ओभरमा पोखराका आकाश चन्द बलिङमा थिए। उनले आफूलाई शतक मन भएको बताए।

‘आकाशले फालेन के त्यस्तो बल (ठट्टा गर्दै)। राम्रो बल फ्याँकिदियो। अर्को एण्डबाट पनि राम्रो बल आइरहेको थियो,’ उनले भने।

उनले आफ्नो बलिङ योजनालाई मैदान उतार्न नसकिएको पनि बताए। यसो भनिरहँदा उनले विपक्षी ब्याटरको प्रशंसा गर्न छुटाएनन्।

‘हाम्रो बलिङ बलियो देखिएको छैन। केही न केही बाटो पत्ता लगाउनुपर्छ जस्तो लाग्छ। पाँचवटा खेल अझै छ, प्रेसर फिल भएको त छैन। अब बलिङ युनिटले स्टेपअप गर्नुपर्‍यो। विकेट लिनु पर्‍यो,’ उनले भने।

खेलमा विपक्षी ब्याटर गौसले शतक प्रहार गरेलगत्तै रोहितले उनलाई बधाई दिएका थिए। त्यसपछि कसरी चौका र छक्का हान्न सकेको भनेर गौससँग प्रश्न गरेको रोहितको भनाइ छ।

‘लङअनमा छक्का-चौका कसरी हानिरहेको छौ भनेर सोधेको थिएँ, ‘उसले त मैले होइन मेरो ब्याटले हो भनिरहेको थियो। उसले एकदम राम्रो ब्याटिङ गर्‍यो। विकेटमा केही छैन भने जसरी खेलिरहेको थियो’उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता